बुधवार, आश्विन २१ गते २०८३

राम्रो काम गर्दैछु, सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु: प्रधानमन्त्री

बिहिवार , भाद्र १४, २०८०

काठमाडौं। समाजवादी मोर्चामा आवद्ध दलहरुले अहिलेको सरकार ढल्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् । बिहीबार सुर्खेतमा भएको समाजवादी मोर्चाका सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन्।

उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए। प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको समेत स्पष्ट पारेका छन्।

सरकार गठनको ८ महिनासम्म राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर हेरिरहेको उनको भनाई छ ।

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो । 'मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो,' उनले भने, 'राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।'

प्रधानमन्त्री प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने घोषणा समेत गरे।

राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने चेतावनी दिए।

सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा यो नयाँ अभियान हो । यसले दायाँबायाँ, तेरोमेरो हेर्ने छैन । नेपाली जनताको हितमा समर्पित भएर लाग्नेछ,' उनले भने, 'कांग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो । त्यो होइन । सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार