बिहिवार, आश्विन १५ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य समायाेजन, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ ले वृद्धि

बिहिवार , भाद्र १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायाेजन गरेकाे छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो ।

वृद्धि भएको मूल्य बिहीबार मध्यरातिदेखि नै लागू हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार