बुधवार, आश्विन २१ गते २०८३

नेपालले भन्याे- 'हाम्राे नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ'

शुक्रवार , भाद्र १५, २०८०

काठमडौं। नेपालले आफ्नो भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ।

चीनले जारी गरेको नक्सामा नेपालको भूभाग भारतमा देखाएपछि त्यस सन्दर्भमा शुक्रबार प्रेस नोट जारी गर्दै 
परराष्ट्र मन्त्रालयले नेपालको धारणा सार्वजनिक गरेको हो । 

मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपालले तीन बर्षअघि जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्साको सबैले सम्मान गर्नुपर्ने उल्लेख गरिएको हो। 

’नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ,’ प्रेस नोटमा भनिएको छ । नेपाल नक्सा नेपाली संसद्ले अनुमोदन गरेको र त्यसमा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख छ ।

’सन् २०२० मा नेपालको संसद्‍ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ,’ प्रेस नोटमा छ ।

गत मंगलबार चीनले जारी गरेको नयाँ नक्सामा नेपालको  नयाँ चुच्चे नक्सासहितको छिमेकी नेपाल नभएर पुरानै नक्सा भएको नेपाल समेटिएपछि त्यसलाई लिएर आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार