बुधवार, आश्विन २१ गते २०८३

एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशन सुरु 

शनिवार , भाद्र १६, २०८०

काठमाडाैं। नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित  उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका शिर्ष नेताहरु सहभागि भएका छन्। 

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउने छ । त्यसका लागि प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८ सय ९५ पार्टी सदस्य र विभिन्न २३ वटा जनसंगठनहरुबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् ।

एमालेको प्रथम प्रदेश अधिवेशनले पार्टी र देशलाई नै फरक सन्देश दिने नेताहरुले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार