काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरुद्ध नभई भ्रष्टाचार अभियान चलाएको आरोप लगाएका छन्।
शनिबार बुटवलमा आयोजित एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय उद्योग र उद्योगपतिको गला रेट्ने काम गरिरहेको आरोप लगाउदै यसलाई भ्रष्टारविरुद्धको अभियान भन्न नसुहाउने टिप्प्णी गरेका हुन्।
'भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,' अध्यक्ष ओलीले भने।
उनले यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराएको भन्दै खोजी गर्न चुनौती समेत दिए। गरिबले गरिखाएको सरकारले देख्न नसकेको उनको टिप्प्णी छ। ओलीले ‘वाइडबडी पनि खोजेर जेल जाऊ’ भन्दै आक्रोश पोखे।
“यती, यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराउँछन् । खोजी गर न त यती एयरलाइन्सको भन्दै छु सरकारलाई । खोजी गर, राष्ट्रिय पुँजीविरोधी होऊ । एउटा गरिबले गरिखाएको तिमीहरू देख्न सक्दैनौ, तर गर न त,” ओलीको चुनौती छ ।
उनले यती होल्डिङ्स दरबारको पालादेखिकै खोजेर ल्याउनुपर्ने बताए । यतीलाई जग्गा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको समयमा दिइएको उनले सुनाए ।
“दरबारमार्गको भवन पुष्पकमल दाहाल प्रधामनमन्त्री हुँदा लिजमा दिएको हो । सोल्टी होटेलका छेउको जमिन दिने शेरबहादुर देउवा हुन्,” ओलीले भने, “खोजी गर न त कसकसले दियो, हामीसँग नाम लिन्छन् ।”