काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उत्तेजक अभिब्यक्ति दिएका छन्। शनिबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले सिंहदरबारमा ओगो लगाउने चेतावनी दिएका हन्।
आक्रामक शैलीमा प्रस्तुत भएका उनले काठमाडौं महानगरका गाडी सरकारले रोकेको भन्दै रोष प्रकट गरेका छन्। उनले 'चोर सरकार' भन्दै आक्रोश पोखेका हुन्।
उनले लेखेका छन्,'आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।'
बेलाबेलामा संघीय सरकारसँग टकराव परिरहेपनि यसपटक भने आगो लगाउनेसम्मकै चेतावनी दिएपछ सामाजिक सञ्जालमा प्रशंसा र आलोचना उत्तिकै मात्रामा भइरहेको छ।