बिहिवार, आश्विन १५ गते २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

मंगलवार , भाद्र १९, २०८०

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ । 

यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो । सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.३८ गुणा बढी आवेदन हो । कुल ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार