बुधवार, आश्विन २१ गते २०८३

एमाले लुम्बिनी प्रदेशका अध्यक्षमा कडेँल २ मतले बिजयी

बुधवार , भाद्र २०, २०८०

बुटवल। नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

हालै सम्पन्न भएको निकै चर्को आन्तरिक प्रतिस्पर्धामा कडेँल दुई मतले मात्रै बिजयी भएका हुन् । 

निर्वाचन समितिका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएको घोषणा गरिएको छ ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका अर्का प्रतिस्पर्धी रिजाल भने ४७७ मत मात्रै प्राप्त गरेर अध्यक्ष हुनवाट बञ्चित हुनु परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार