बुधवार, आश्विन २१ गते २०८३

अन्तराष्ट्रिय चितवन समाजको विश्व सम्मेलन अक्टुबर १४ मा भरतपुरमा

बुधवार , भाद्र २०, २०८०

काठमाडौँ। चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा साधारण सभा अक्टुबर १४ मा भरतपुर चितवनमा हुने भएको छ ।

उक्त सम्मेलनबाट  चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लगाएतको  रहेको अध्यक्ष समिर केसीले बताएका हुन् ।

पाँचौ  विश्व सम्मेलन तथा  साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष केसीले बताए । चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराका साथ वि.सं. २०६८ सालमा स्थापना भएको यस संस्थाले शैक्षिक विकास,गरिबी निवारण, प्राकृतिक विपत्तिमा मानवीय सहयोग, चेतना विस्तार लगायतका क्षेत्रमा धेरै काम गर्दै आइरहेको छ ।

विश्वभरी रहेका चितवन वासीहरुलाई  एकजुट बनाउन सँस्था लागेको अध्यक्ष केसी बताउछन् ।  विश्वभरी रहेका रोजगार, अध्ययन, अध्यापन,ब्यवसायमा रहेका चितवनवासीलाई उक्त सम्मेलनमा भाग लिन अध्यक्ष समिर खत्रीले आबहान गरे ।

उक्त कार्यक्रममा चितवनको विकास, बैदेशिक रोजगारका  समस्या र समाधान, बिश्वमा रहेका चितवनवासीहरुको एकताको वारेमा चर्चा हुनेछ । यो समाज विश्वका दर्जनौ देशमा संचालनमा रहेको छ भने समाजले चितवनेको लागी धेरै उत्कृस्ट काम पनि गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार