बुधवार, आश्विन २१ गते २०८३

सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन उपसमिति गठन

बुधवार , भाद्र २०, २०८०

काठमाडौं। सम्पत्ति सुद्धिकरण सम्बनिध विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन गरिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकमाथि दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई १५ दिनको समय दिइएको छ ।

उपसमितिमा कांग्रेसबाट तीनजना, एमालेबाट दुई जना छन् । अन्यबाट एक-एक जना सदस्यहरु छन् । 

एमालेबाट प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा समिति सदस्य छन् । नेकपा माओवादीबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जनता समाजवादी पार्टी (जसपा)बाट रञ्जुकुमारी झा, एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर र जनमत पार्टीबाट गोमा लाभ सापकोटा सदस्य छन् ।

कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी छ  ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक गत माघ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । गत वैशाख १५ गते समितिमा आएको विधेयकमाथि दफावार छलफल गर्न मंगलबार संसदीय उपसमिति गठन भएको हो ।

सरकारले प्राथमिकतामा राखेको बताए पनि यो विधेयकले गति लिन नसकेको भनी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार