काठमाडौं। काठमाडौं महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हाे।
कांग्रेस नेतृ सिर्जना सिंहले पनि डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि गरेकी छन्। रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति पनि हुन्।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकाे थिए।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।