बुधवार, आश्विन २१ गते २०८३

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश

बिहिवार , भाद्र २१, २०८०

काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । अदालतको पूणर् इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ ।

योसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका हुन्। बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाटै मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको पूणर् इजलासले उक्त आदेश दिएको हो ।

गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निणर्य नगर्न अन्तरिम आदेश गरेको थियो । यही प्रकृतिको मुद्दामा यसअघि सभामुख बाबुराम गौतमले विश्वासको मत दिँदा पनि सर्वोच्च अदालतले यस अघि पनि कोशी प्रदेश सरकारलाई अवैधानिक घोषित गरिसकेको थियो ।

तर पछिल्लो पटक पनि भदौ ४ मा विश्वासको मत लिंदा मुख्यमन्त्री कार्कीले सभाध्यक्ष मण्डलका इस्राइल मन्सुरी र गीता तिम्सिनाको मत असंवैधानिक तरिकाले प्रयोग गरेपछि फेरी मुद्दा दर्ता भएको थियो ।

अदालतले प्रदेश सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको दायित्व र कर्तव्य सभामुख र उसभामुखसरह हुने उल्लेख गर्दै विश्वासको मत दिन नमिल्ने व्याख्या गरेको छ । 

योसंगै अदालतले सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता भएकाले हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार