काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ ।
शुक्रबार बसेको एन्फाको बैठकले दुवै जनाले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रशिक्षक अल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो ।
मुख्य प्रशिक्षक अल्मुताइरीले उपाध्यक्ष नेम्वाङलाई कारण देखाँउदै राजिनामाको घोषणा गरेका थिए । त्यसपछि उनिहरुबीचको विवाद सतहमा आएको हो ।