बिहिवार, आश्विन १५ गते २०८३

 यी ६ प्रदेशमा छ भीषण वर्षाको सम्भावना

शनिवार , श्रावण १६, २०७८

काठमाडौं। मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार