मंगलवार, आश्विन २० गते २०८३

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

आइतवार , भाद्र २४, २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ। अभियुक्त केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

कसलाई कति धरौटी?
१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

२) शिवजी भट्ट–३ लाख ३० हजार
३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार 
५) कलाधर देउजा –१५ लाख
६) घमन कुमार कार्की– ७ लाख ५० हजार
७) गोपाल कार्की –७ लाख ५० हजार 
८) विनोद पौडेल– १५ लाख
९) योगराज पौडेल– ७ लाख ५० हजार
१०) नारायणराज मिश्र –७ लाख ५० हजार
११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०
१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार 
१३) बाबुराजा महर्जन– १ लख १० हजार
१४) देवनारायण महर्जन – १ लाख १०
१५) सकलानन्द महर्जन– १ लाख १० हजार 
१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७) लोकरि घिमिरे –७ लाख ५० हजार

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार