मंगलवार, आश्विन २० गते २०८३

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे

मंगलवार , भाद्र २६, २०८०

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । 

मंगलबार एमालेले विज्ञप्ति जारी गरी संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने जनाएको हो । नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ । बुधबार दिउँसो १ बजेसम्म नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय च्यासलमा राखिएकाे छ। त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

एमालेले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । सचिवालयको आकस्मिक बैठकले शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार