मंगलवार, आश्विन २० गते २०८३

सीआईबीले बुझायो ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन: ३ कसुरमा मुद्दा चलाउन राय

बुधवार , भाद्र २७, २०८०

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएनुभयो । सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाइएको छ ।

जसमध्ये हालसम्म ३२ जना पक्राउ परेका छन् भन १८ जना अँझै फरार रहेको सीआईबीले जानकारी दएको छ । पक्राउ परेकामध्ये २३ नेपाली र ९ विदेशी छन् भने फरार रहनेमा १४ विदेशी र ४ नेपाली रहेका छन् । 

आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिएको सीआईबीले जनाएको छ । रेडिट्रेडमार्फत् भित्रिएका सबै ब्रेकप्याडको तौल यकिन गर्दा थप ३०२ किलो ६२० ग्राम गरी कूल ३६२ किलो सुन पुगेको सीआईबीले जनाएको छ ।

No description available.

कूल ३६२ किलो सुन बरामद भएको पुष्टि भएकाले आरोपितविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको सीआईबी प्रमुख किरण बज्रचार्यले जनाएकी दिईन्। 

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल,भारत , चिनियाँ र ताइवानी नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार