मंगलवार, आश्विन २० गते २०८३

एकल अधिकार कटौती गरेको भन्दै केन्द्र सरकार विरुद्ध बाग्मती सरकार सर्वोच्च जाने

बुधवार , भाद्र २७, २०८०

काठमाडौं। बागमती प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबारको बैठकले केन्द्र सरकारबाट संविधानले प्रदत्त गरेको प्रदेशको एकल अधिकारलाई संकुचन गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने निणर्य गरेको हो ।

नेपालको संविधानको अनुसूची ६ मा उल्लेख भएअनुसार प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेख भए पनि केन्द्र सरकार प्रदेशको एकल अधिकार संकुचन हुनेगरी अघि बढेको भन्दै रिट निवेदन दिन लागिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

No description available.

त्यस्तै बुधबारको बैठकले प्रदेश नीति तथा योजना आयोग सदस्यमा दोलखाका प्रदिप कुमार मैनालीलाई नियुक्त गर्ने निणर्य गरेको छ। बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदानसमेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार