काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन र अमेरिका भ्रमणबारे संसदमा जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले चीनको हाङजाओमै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटघाटको कार्यक्रम रहेको बताए।
सोही दिन १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुने उनको भनाई छ। न्यूर्योकबाट सिँधै चीन भ्रमणमा जानुपर्ने अवस्था रहेको बताउँदै उहाँले प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेश्रो चीन भ्रमण हुने जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताए।
सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ।
त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ।
त्यसपछि नेपालसँग सिमाना जोडिएको तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ ब्यक्तिसँग भेटघाट गरी नेपाल फर्किने कार्यक्रम रहेकोबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर असोज ५ मा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ । आफ्नो भ्रमण टोली सानो र छरितो बनाएको स्पष्ट पारे।