काठमाडौं। न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।
सिफारिस भएकाहरुको नाम भने हालसम्म सार्वजनिक भएको छैन । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
यस्तै न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ । आजको बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।
नयाँ नियुक्तीका लागि सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची :