काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् ।
शनिवार भएको फाइनलमा उनले ४९।४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९।५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
हंगेरीका क्रिस्टोफ मिलिकले ४९।६८ सेकेण्ड सयसहित रजत जिते भने स्वट्जरल्याण्डका नोए पोन्टीले ५०।७४ सेकेण्ड समयसहित कास्य जिते ।