मंगलवार, आश्विन २० गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि शेखर पक्षको छुट्टै भेला

सोमवार , आश्विन १, २०८०

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि नेता डा. शेखर कोइरालाले छुट्टै भेला बोलाएका छन् ।

कोइराला पक्षको भेला भोलि मंगलबार साढे १ बजे बस्नेछ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाएको जनाइएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

२०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित हुन्। २०८२ मा हुने १५औं महाधिवेशन आफ्नो पोल्टामा पार्न शेखरले संस्थापन इतरलाई बलियो बनाउने गरी शेखर अगाडि बढिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार