मंगलवार, आश्विन २० गते २०८३

शेखर कोइराला समुहको अलग्गै बैठक बस्दै

मंगलवार , आश्विन २, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहको अलग्गै बैठक बस्दैछ  । 

असोज ४ गते देखी सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन ।

कोइराला निकटका अनुसार उनको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । जुन बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका नेतालाइ पनि आमन्त्रण गरिएको छ ।

नेताहरूका अनुसार १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार