मंगलवार, आश्विन २० गते २०८३

नेपाल र चीनबीच १२ सम्झौता, १ समझदारी (पत्रसहित)

सोमवार , आश्विन ८, २०८०

नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरूले सम्झौता गरेका हुन् ।

जसमा १२ सम्झौता र १ समझदारी भएको छ । कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित सझौता भएको हो ।

नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशनसम्बन्धी सम्झौता चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले आदानप्रदान गरेका छन् ।

विद्युत्, सडक पूर्वाधार, कृषि, व्यापारलगायत क्षेत्रमा १२ सम्झौता र १ समझदारी भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार