मंगलवार, आश्विन २० गते २०८३

अभियान्ता ईः को आन्दोलन स्थगित, के-के भयो बालेनसँग सहमति ?

बुधवार , आश्विन १०, २०८०

अभियान्ता ईः र काठमाण्डु महानगरपालिकाबीच सहमति जुटेको छ । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै प्रदर्शनरत ईः र काठमाण्डु महानगरपालिकाबीच बुधवार साँझ सहमति जुटेको हो ।

यससँगै अभियान्ता ईः को आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।

काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।

No description available.

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार