बिहिवार, आश्विन १५ गते २०८३

एनआरएनए आईसीएसी सचिव पदमा स्वतन्त्र प्रताप शाहकाे उम्मेद्वारी 

शनिवार , आश्विन १३, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) काे २०२३ - २०२५ का लागी सचिव पदमा स्वतन्त्र प्रताप साह सचिव पदमा उम्मेद्वारी दिने भएका छन्। शाह अहिले एसिया प्यासिफिक क्षेत्रको भ्रमणमा निस्किएका छन्।

आउँदो कार्यकालमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका शाह चुनावी माहोल मिलाउन एसियाली मुलकमा रहेका एनसीसीहरूकोभ्रमणमा निस्किएका हुन्।

साहले हङकङबाट भ्रमण सुरु गरेका हुन्। उनले हङकङ एनसीसीका पदाधिकारीसँग संघको अभियानको विषयमा छलफल गरेका थिए।

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ (फिने) हङकङको अधिवेशनमा पनि साहले सहभागी भएका थिए।साह फिनेको केन्द्रीय अध्यक्ष हुन्।

हङकङ पछि उनी थाइल्याण्ड पुगेका छन्। थाइल्याण्डमा उनलाई एनसीसीका अध्यक्ष भविन्द्र बस्नेन सचिब राज बहादुर साउद लगायतका पदाधिकारीले स्वागत गरेका थिए। थाइल्याण्ड पछि, बहराईन पुगेका छन् साथै एसियाली अन्य मुलुकमा जाने उनको तालिका छ।No description available.

सामाजिक कर्मको भोक र विदेशमा कमाएको पूँजी, ज्ञान र हासिल गरेको क्षमतालाई मातृभूतिमा समर्पण गर्ने उद्देश्यले एनआरएनए अभियानका जोडिएका साह सहयोगी मनकारी र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन्।

विगत लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका शाह सम्भावना बोकेका अभियन्ता मानिन्छन्।

सुदूरपश्चिमको अछाममा जन्मेका शाह कलिलै उमेरमा अष्ट्रेलिया पुगेका थिए।

व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्याएका शाहले एनआरएनए अभियानमा एक सशक्त अभियन्ताको छवि बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार