काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप हिजो स्थगित बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे पनि आज छलफल हुने उनले बताए।