काठमाडौं। इजरायलमा रहेका २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति उनीहरु स्वदेश फर्किएका हुन्।
नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार समर्पित पाएको बताए ।
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट नभएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’
आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।
मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए ।