मंगलवार, आश्विन २० गते २०८३

कोशी प्रदेश : केदार पक्षको सनाखत जारी

शनिवार , आश्विन २७, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्की पक्षधरको हस्ताक्षर सनाखत भइरहेको छ ।

सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् ।

काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।

मुख्यमन्त्रीका लागि दाबी पेस गरेका माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोले भने सनाखतका लागि आफूहरू नजाने बताए ।

माओवादी केन्द्रका एक सांसदले दाबी नपुग्ने अवस्था भएपछि सनाखतका लागि नजाने भएको जानकारी दिए ।

संविधानको धारा १६८ को ५ अनुसार प्रदेश प्रमुखले दिएको समयमा दुई जनाको दाबी पेस भएपछि हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयले आज दुवै पक्षलाई बोलाएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार