मंगलवार, आश्विन २० गते २०८३

सरकारी काम गर्ने प्रक्रियामा कर्णालीका मुख्यमन्त्रीको असहमति

सोमवार , आश्विन २९, २०८०

सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखान चर्चामा आए झैँ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पनि सरकारी काम गर्ने प्रक्रियागत असहमति जनाएका छन् ।

एक दिनमा हुने काम १६ ठाउँमा फाइल घुमाउदा घुमाउदै समयको बर्बाद मात्र होइन , कर्णालीका संमृद्धि र विकासमा समेत बाधा पुगेको बताएका छन् । 

हरेक मानिसले विकास ,संमृद्धि भन्दा पनि कसरी अड्को थाप्न सकिन्छ भन्दै बसेको उनले बताए । रुकुम पश्चिममा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शर्माले देशका नीति निमय कसले बनाउछ ? भन्दै प्रश्न समेत गरेका थिए । वषौदेखि पुल, सडक निर्माण काम अलपत्र परेका छन् ? यि किन अलपत्र भए भन्दै भन्दै मुख्यमन्त्री शर्माले यो राज्य चलाउने नियम बनाउने कुरामा बाह्य तत्वको हात रहेको भन्दै आशंका समेत गरे ।

आफ्नै गृह जिल्लामा पनि ८ देखि १० वर्ष सम्म विकास निर्माणका काम अलपत्र पार्ने निर्माण व्यावसयाीलाई कारबाही गर्न नसकिएको भन्दै मुख्यमन्त्री शर्माले यसरी कहाँ कर्णाली संमृद्धि हुन्छ ? भन्दै पीडा सुनाए  । नेपालका ऐन कानुन ठेकेदार र माफियाले बनाउने गरेको अनुभूति भएको  उनले जनाएका छन् ।

रुकुम पश्चिमबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शर्माले सांसदहरुले बनाउने ऐन कानुनलाई माफियाहरुले बनाउने गरेको हो कि भन्दै आक्रोष पनि पोखेका छन् । रुकुम पश्चिमबाट तपाई लगायत धेरै नेता मन्त्री–मुख्यमन्त्री भए पनि विकासका काम किन लामो समयसम्म हुन नसकेको भन्ने पत्रकारको प्रश्नमा उनले नेपालका कानुन ठेकेदार र माफियाले बनाउने गरेकाले विकास समयमै हुन नसकेको बताएका हुन्।  ‘कहिलेकाहीँ मलाई के अनुभुति हुन्छ भने सार्वजजिक खरिद ऐन ठेकेदारले त बनाउँदैनन्, कहिले हाम्रो भूमिसम्बन्धी नीति भूमाफियाले त बनाउँदैनन ?’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति मेडिकल माफियाले त बनाउँदैनन्, कहिलेकाहीँ मलाई पनि यो अनुभूति हुन्छ।’ 

सानो काम गर्नु परेमा १६ ठाउँका कागज डुलाउँदा ,डुलाउँदै समय बर्बाद हुने गरेको कर्णालीका मुख्यमन्त्रीको गुनासो छ । काम छिटो छरितो हुनुपर्ने, गर्नु पर्नेमा महिना दिनसम्म एउटै कागज मन्त्रालयमा घुम्छ अनि कहाँबाट होस जनताले साेचे झैँ छिटो काम ? मुख्यमन्त्रीको प्रश्न रहेको छ । मन्त्रालयको शाखाबाट फाइल पठाएर आफ्नो टेबुल सम्म पुग्नका लागि धेरै समय खर्च हुने गरेको यो तरिकाबाट कर्णालीको विकास  र संमृद्धि नहुने बताए ।

उनले सुर्खेतमा भएको अर्को कार्यक्रममा ‘हामी प्रतिवेदनमै हरायौं, चिल्ला किताबहरुमै हरायौं, मिठा भाषणहरुमै हरायौं, प्रक्रियामै हरायौं,’ भन्दै यो तरिकाले विकास गर्न मुस्किल पर्छ भन्दै काम तरिका प्रति असहति जनाएका छन् । 

नदी बेसिन योजना, जलविद्युत विकास गुरुयोजना तथा रणनीतिक वातावरणीय र सामाजिक मूल्याङ्कन सम्बन्धी प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै मुख्यमन्त्री शर्माले भने, ‘एउटा कागजको फाइल १६ टेबुल घुमेर मेरो टेबुलमा आउने प्रक्रियाले कर्णालीको विकास र समृद्धि हुँदैन अब काममा हराउनु पर्ने बेला भएको छ।’ मुख्यमन्त्री शर्माले कर्णालीमा हजारौं मेगावाट विद्युत् उत्पादन हुने भनिएपनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार