मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री प्रचण्ड भन्छन्: 'गैरआवासीय नेपालीले नागरिकता पाउनु ठुलो सफलता हो’

मंगलवार , आश्विन ३०, २०८०

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता वितरण कार्यक्रम शुभारम्भ गरेका छन्।

आज प्रधानमन्त्री प्रचण्डले एनआरएनका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई एक कार्यक्रमका विच गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै सुरुवात गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए। एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।

उनले भने,–’नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू.५ करोडबाट घटाएर रू. २ करोड कायम गरेको छ। धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ। यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ। ’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार