मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै

मंगलवार , कार्तिक १४, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्। 

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ । 

बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार