मंगलवार, आश्विन २० गते २०८३

आममाफी बदर भएपछि रिगल पक्राउ

बिहिवार , कार्तिक १६, २०८०

काठमाण्डु – कैद मिनाहा दिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । बाँकेका एसपी सुवास बोहराले रिगललाई पक्राउ गरिएको जानकारी दिए । सर्वोच्च अदालतले बिहीबार ढकाललाई आममाफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिले रिगलको बाँकी कैद माफी गरेपछि भदौ ४ गते उनी छुटेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार