मंगलवार, आश्विन २० गते २०८३

परराष्ट्रमन्त्री र एमसीसीकी सीई‌ओबीच भेट, परियोजना समयमै पूरा गर्ने प्रतिबद्धता

शुक्रवार , कार्तिक १७, २०८०

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी परियोजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँग वाशिङ्टन डीसीमा भएको भेटमा मन्त्री साउदले  निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता जनाएका हुन्।

परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसीसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ। 

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीलगायत एमसीसीका उपाध्यक्ष  जोनाथन ब्रुक्स, अमेरिकी राजदूत डीन आर थम्सन उपस्थित थिए।

गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको ५० करोड अमेरिकी डलर अनुदानको  उक्त परियोजनामा नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गर्ने समझदारी भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार