शुक्रवार, आश्विन ३० गते २०८३

जाजरकोट भूकम्प: ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प

शनिवार , कार्तिक १८, २०८०

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पपछि चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् । 

राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अरु साना दर्जनौं परकम्पहरू गएका छन् ।

राति ११ बजेर ४७ मिनेटमा सबै भन्दा ठूलो मापन गरिएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र रहेको बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार