शुक्रवार, आश्विन ३० गते २०८३

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

शनिवार , कार्तिक १८, २०८०

गएरातिको भूकम्पले जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार