शुक्रवार, आश्विन ३० गते २०८३

भूकम्प अपडेट : जाजरकोट र रूकुम पश्चिममा ११९ जनाकाे मृत्यु

शनिवार , कार्तिक १८, २०८०

शुक्रबार गएकाे शक्तिशाली भूकम्पमा परेर जाजरकाेट र रूकुम पश्चिममा मृत्यु हुनेकाे संख्या ११९ पुगेकाे छ। 

भूकम्पका कारण जाजरकाेटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । 

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । 

भूकम्पमा परेर जाजरकोटमा ५५ जना घाइते भएका छन् । सामान्य घाइतेहरूको संख्या धेरै रहेको डिएसपी रोकाले बताए । घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ । ८ जनालाई सुर्खेत रिफर गरिएको छ ।

यस्तै बिहान ५ बजेसम्म रूकुम पश्चिममा मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली प्रहरीले सार्वजनिक गरेकाे छ।

मृत्यु हुनेमध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् । सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ ।

हेर्नुहोस् सूची

370068027_303985142503150_5420890795480216307_n

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार