शुक्रवार, आश्विन ३० गते २०८३

एनआरएनएद्वारा भूकम्प पिडितको लागी तत्काल २१ लाख राहत

शनिवार , कार्तिक १८, २०८०

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएले पश्चिम नेपालमा आएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्दारकार्य जारी रहेको छ । 

एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव वुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएनको तर्फबाट २१ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिए । उनले भने ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै रकम आफू र अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’ 

उक्त रकम अहीलेको लागी भएको र थप राहत तथा उद्दारका लागि एनआरएन तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनले उद्दारमा सहभागिता जनाउने बताउँदै त्यसका लागि केही  साथीहरु शनिबार नै गएको र आफूसहित थप व्यक्ति चिकित्सकीय टोलीसहित त्यता जान लागेको पनि शर्माले जानकारी गराए ।

यस्तै महासचिव सुवेदीले यो रकम तत्कालको लागी भएको र आफुहरुको मिटिङ्ग बसेर बिश्वका सबै अभियन्ताहरुलाई जोडेर अन्य रकम प्रभाबित क्षेत्रमा पठाउने बताए । एनआरएनएका अर्का अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीले पनि बिज्ञप्ती जारी गर्दै आफुहरुले भूकम्प प्रभावित क्षेत्रमा १० लाख रुपैया सहयोग गर्ने बताएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार