शुक्रवार, आश्विन ३० गते २०८३

भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा बालबालिका

सोमवार , कार्तिक २०, २०८०

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् ।

भूकम्पमा परी जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झन्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ रहेका रोकाले बताए ।

भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएका मध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।”

मृत्यु हुनेमा महिला धेरै 
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । बेला–बेलामा हुने यस्ता विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार