मंगलवार, आश्विन २० गते २०८३

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कति रकम जम्मा भयो?

मंगलवार , कार्तिक २१, २०८०

काठमाडौं । गएको शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँका प्रभावितहरुको राहतको लागि रकम उठ्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक रुपमा आव्हान गरेपछि सहयोग रकम उठ्न थालेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको जनाइएको छ ।

सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार