मंगलवार, आश्विन २० गते २०८३

कांग्रेस र एकीकृत समाजवादीले दिए भूकम्प पीडितका लागि सहयोग रकम

मंगलवार , कार्तिक २१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ५० लाख रुपैयाँको चेक हस्तान्तर गरेका हुन् । 

कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । यस्तै कांग्रेसले आफ्नो संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि दिने भनेको छ ।

यता नेकपा एकीकृत समाजवादीले पनि भूकम्पपीडितका लागि राहत रकम प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ लाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५७ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।  

एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार