मंगलवार, आश्विन २० गते २०८३

एमाले सचिवालय बैठक बस्दै

बुधवार , कार्तिक २२, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी मुख्यालय च्यासलमा दिउँसो १२:४५ बजे बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार