कोशी प्रदेश सभा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने कार्यसूची रहेकाे छ।
आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।
कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।
यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिनापछि बुधबार संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको थियो। प्रदेशसभामा सात वटा संसदीय समिति छन् ती समितिका सभापतिको विषयमा भने दलहरूबीच भागबण्डा मिलेको छैन ।
कोशीमा सभामुख पद पनि रिक्त छ। सभामुखको निर्वाचन छठपछि हुने जानकारी उपसभामुख सिर्जना दनुवारले दिएकी छिन्।