मंगलवार, आश्विन २० गते २०८३

भूकम्पपीडितलाई कांग्रेस काठमाडौ ४ नम्बर इकाईद्वारा सहयोग

बिहिवार , कार्तिक २३, २०८०

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं ४ नम्बर इकाई समिति द्वारा जाजरकोट र रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पका कारण मानवीय र जनधनको भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका उद्धार एवम् घाइतेको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ। 

भूकम्पपीडितका लागि पार्टी केन्द्रीय कार्यालय राहत कोषमा जम्मा गर्ने रकममा थप सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेस काठमाडौं ४ नम्बर इकाईले २ लाख ५१ हजार ५५५ रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । नेपाली कांग्रेस काठमाडौं ४ नम्बर इकाई सभापति तथा समाजसेवी रामप्रसाद न्यौपानेको अगुवाइको टोलीले नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई बिहीबार चेक हस्तान्तरण गरेको हो । 

No description available.

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले चियापानका छुट्याएको रकममा अन्य सहयोगी हात जुटाई केन्द्रीय सभापति मार्फत भूकम्प पीडितको सहयोग हस्तान्तरण गरिएको इकाई सभापति रामप्रसाद न्यौपानेको जानकारी दिए।

सहयोग हस्तान्तरणसँगै भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभका लागि कामना समेत सभापति न्यौपानेले गरेका छन्।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार