काठमाडाैं। लितपुरको जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ।
आइतबार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए। मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल राखिएका थिए ।
मेला भर्न आउनेहरुको रोजाईमा औषधिको गुण रहेको एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिको उत्पादन राजा च्याउ अर्थात किङ्ग ओइस्टर थियो।
अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थवाट उत्पादन गरिएको लामो समय सम्म भण्डारण गर्न सकिने पुर्ण रूपमा अर्गानिक यसको उपयोगले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि उत्तिकै मद्घत गर्छ।
एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्व प्राप्त गर्न,मधुमेह ,मुटु तथा निश्चित ट्युमर विरामीहरुको लागी अति उत्तम हुनुका साथै यसको उपयोगले मोटोपन घटाउन पनि सहयोग गर्छ ।
कम्पनीका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपानेको अनुसार राजा च्याउ अर्थात किङ्ग ओइस्टर मकै, चोकर, गहुँको पिठो, पिना लगायतका कच्चा पदार्थ प्रयोग गरी यो च्याउ तयार गरिन्छ ।
नेपालमा सधै ताजा च्याउ उपलब्ध होस भन्नका लागि यो च्याउ भित्र्याएका हौँ उनले भने नेपालमा बाह्रमास च्याउ उत्पादन गर्न समस्या नै छ । जसका लागि माग अनुसार पूर्ति भएको छैन । ‘आयात गरि च्याउ उपभोग गर्नुपर्ने बाध्यता छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध गराउनका लागि यो च्याउ भित्र्याएका हौँ न्यौपानेले भने।
महोत्सवमा च्याउबाट बन्ने विभिन्न परिकारको स्वादसमेत अवलोकनकर्तालाई निःशुल्क चखाएको च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय कोषाध्यक्ष विनोद पौडेलले बताए ।
सो मेला करिब ३ हजार जनाले अवलोकन गरेका छन् । च्याउ, च्याउको बिउ, च्याउ उत्पादन गर्न आवश्यक सामग्री लागायत ३० वटा स्टल रहेको पौडेलले उल्लेख गरे । च्याउ दिवसको अवसरमा पहिलो पटक आयोजित एक दिने महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।