मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रियसभामा कांग्रेसका यी हुन् १० उम्मेदवार, गगन थापाको असहमति (सूचीसहित)

सोमवार , पौष २३, २०८०

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवारको नाम टुंगो लगाएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो ।

कोशीमा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको काङ्ग्रेसले नाम टुङ्गो लगायो ।

मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत,गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीमा विष्णु देवी सापकोटाको नाम काङ्ग्रेसले टुङ्गो लगाएको छ ।

त्यस्तै कर्णालीमा कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराको नाम टुङ्गो लागेको छ ।

१० जना मध्य ४ जना आफ्नो पक्षको हुनु पर्ने बताउँदै आएको शेखर कोइराला र गगन थापा पक्षले ३ जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

सानेपामा रातभर बैठक बसेर बिहान ५ बजे सार्वजनिक भएको थियाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार