मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन आज

सोमवार , पौष २३, २०८०

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ। 

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ।

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्य फागुन २० गते बिदा हुँदैछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार