मंगलवार, आश्विन २० गते २०८३

एमालले प्रधानमन्त्रीलाई बुझायो मध्य पहाडका ७५१ समस्या

मंगलवार , माघ ९, २०८०

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई जनताका ७ सय ५१ माग बुझाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ माग, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ जिल्लाबाट ७ सय ५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको थियो ।

यस्तै बागमतीबाट १३३, कणर्ालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेसबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनको भनाइ छ । सुझाव बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए। कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने ज्ञवालीको चनाइ छ । कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार