मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रिय सभा सदस्य निर्वाचन ः हालसम्म ६५ प्रतिशत मत खस्यो

बिहिवार , माघ ११, २०८०

काठमाडौं । आगामी फागुन २१ गतेदेखि राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान जारि छ । सातवटै प्रदेश मुकाममा शान्तिपूणर् रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म ६५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ ।

मधेश प्रदेशमा भने आम जनता पार्टी (आजपा)ले बन्द घोषणा गरेपछि आंशिक प्रभाव देखिएको छ । बन्द गराउने प्रयास गरेपनि मतदान भने शान्तिपूणर् रुपमा भइरहेको छ । हालसम्म बन्द गराउँदै हिंड्ने रौतहटबाट १३ र जनकपरधामबाट २३ गरी ३६ जना पक्राउ परेका छन् । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदानका लागि हरेक प्रदेशमा दुई वटा मतदान केन्द्र तोकिएको छ । मतदान सकिएको तीनदेखि चार घण्टाभित्र परिणाम घोषणा गर्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता पौडेलले बताए। निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

आयोगले प्रदेशसभा सदस्यको ५३ र पालिका प्रमुख/उपप्रमुखको १९ मतभार तोकेको छ । निर्वाचनमा भाग लिन १२ वटा पार्टीले दल दर्ता गरे पनि ८ दलका ५१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कोशी र मधेश प्रदेशमा २-२, बागमती प्रदेशमा चार, गण्डकी, कणर्ाली र सुदूरपीश्चममा तीन सिटका लागि निर्वाचन भइरहेको हो । त्यसका लागि कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् । सत्ता गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने कोशी प्रदेशमा प्रमुख विपक्षी एमालेले राप्रपासँग गठबन्धन गरेको छ । एमालेले अन्य प्रदेशमा घोषित गठबन्धन गरेको छैन । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले मधेश प्रदेशमा एकल उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार