काठमाडाैं। प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्। बिहीबार वालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्वपूणर् रहने बताएका हुन्।
पूर्व न्यायाधिशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनुपर्ने औंल्याए। राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निणर्य गर्न नहुने भन्दै संविधान र कानूनको पूणर् पालना गरेर त्यसका आधारमा मात्र निणर्य गर्नुपर्ने बताएका छन्।